कांग्रेसको दोस्रो विशेष महाधिवेशन भोलिसम्म लम्बियो

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिएको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेको प्रतिवेदनमाथि छलफल जारी रहेकाले महाधिवेशनको अवधि बढाइएको हो ।

आइतबारदेखि सुरु भएको महाधिवेशनमा महामन्त्रीद्वयको प्रतिवेदनमाथि घनिभूत छलफल भइरहेको र सो छलफल मंगलबारसम्म चल्ने विशेष महाधिवेशन प्रचार–प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंले जानकारी दिए ।

उनका अनुसार प्रतिवेदनमाथिको छलफल सकिएपछि मात्र नेतृत्व चयन प्रक्रिया अगाडि बढाइनेछ । पार्टीभित्रका विभिन्न धारणा र सुझावहरू समेट्ने गरी छलफल भइरहेको उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्