बैतडीमा जिप दुर्घटना: उपचारका क्रममा एकको मृत्यु, मृतक संख्या चार पुग्यो

बैतडी । जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ साडीघाटीमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । डडेल्धुरा अस्पतालमा उपचारका क्रममा सिगास गाउँपालिका–१ की २७ वर्षीया बसन्ती ऐरको मृत्यु भएसँगै मृतक संख्या चार पुगेको हो ।

बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरजसिंहका अनुसार आज बिहान ११ बजे मोतिनगरबाट डडेल्धुरा जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेरो जिप अनियन्त्रित भएर सडकबाट करिब ३०० मिटर तल खसेको थियो ।

दुर्घटनामा सिगास गाउँपालिका–१ का २४ वर्षीय निशान्त बोहरा, २९ वर्षीय भानदेव भट्ट र डडेल्धुरा आलिताल गाउँपालिका–३ का १३ वर्षीय राकेश रावलको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएकी बसन्ती ऐरको उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या चार पुगेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी सिगास गाउँपालिका–१ की १९ वर्षीया बिमला ऐर, चार वर्षीया प्रन्सा ऐर, दुधिलाखानका २८ वर्षीय चालक गणेश विष्ट, पाटन नगरपालिका–८ की २५ वर्षीया कमला विष्ट, सिगास–१ की २५ वर्षीया लालमणि बोहरा र आलिताल गाउँपालिका–३ का ३२ वर्षीय वीरेन्द्र बोहरा घाइते भएका छन् ।

घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्