काठमाडौं – हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार परिसूचक नेप्से ओरालो लागेको छ । नेप्से आज ५ दशमलव ५४ अङ्कले घटेर २ हजार ६ सय ३५ विन्दुमा झरेको छ । आज विकास बैंक, होटल, उत्पादन तथा म्युचल फन्ड समूह बाहेक सबै समूहको शेयर मूल्य घटेको छ । सबैभन्दा धेरै व्यापार समूह १ दशमलव १६ प्रतिशतले घटेको छ ।
कारोबार भएका २ सय ६० कम्पनीमध्ये १ सय ७८ वटा कम्पनीको शेयर घटेको छ भने ७५ वटाको बढेको छ । बाँकी ७ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । आज सुमर माई हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै ४ दशमलव २५ प्रतिशतले घटेको छ । समग्र बजार घटेको दिन पनि एसवाई प्यानल नेपाल र श्रीनगर एग्रिटेक इन्डस्ट्रिज कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
नेप्से परिसूचक घटे पनि आज कारोबार रकम भने उल्लेख्य रूपमा बढेको छ । गएको बिहीवार ४ अर्ब ९० करोड रुपैयाँको कारोबार भएकोमा आज ३ सय ३३ वटा कम्पनीका १ करोड २३ लाख कित्ता शेयर ६ अर्ब ४७ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ ।






