पुरानै शैलीमा नयाँ यात्रा सम्भव छैन: महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी अब पुरानै ढङ्ग र शैलीमा अघि बढ्न नसक्ने स्पष्ट गर्नुभएको छ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले पुरानै सोच र अभ्यासबाट नयाँ भविष्य निर्माण गर्न नसकिने बताउनुभयो ।

हिजोको तुलनामा आज कांग्रेसले आफूभित्रका चुनौतीहरूसँग प्रत्यक्ष रूपमा सामना गरिरहेको उल्लेख गर्दै महामन्त्री शर्माले पार्टीको अबको नेतृत्वमा नजिकै रहेको नाताले महामन्त्री गगनकुमार थापा र आफू अग्रसर हुने बताउनुभयो । उहाँले आउने दिनमा नवयुवाले उठाएको सुशासनको माग पूरा गर्न आफूहरू सक्षम रहने दाबीसमेत गर्नुभयो ।

‘तपाईंहरूले माग्नुभएको थियो सुशासन । हामीले त्यसैका लागि सङ्कल्प गरेका हौँ,’ शर्माले भन्नुभयो, ‘जमेर बसेको पोखरीजस्तो भएर बसेको नेतृत्वलाई बगेर अघि बढ्नुपर्छ भन्ने सन्देश दिने ल्याकत पनि हामी राख्दछौँ ।’

महामन्त्री शर्माले विशेष महाधिवेशन पार्टी रूपान्तरण र नयाँ यात्राको थालनीका रूपमा रहेको उल्लेख गर्दै कांग्रेसलाई समयअनुकूल, जनउत्तरदायी र सुशासनमुखी पार्टी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्