फागुन २१ को चुनावमा राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि पूर्ण रूपमा सुरक्षित छ:आयोग

काठमाडौँ । निर्वाचन आयोगले आउँदो फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि पूर्ण रूपमा सुरक्षित वातावरण रहने जनाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सुरक्षाकै कारणले राजनीतिक दल र उम्मेदवारलाई मत माग्न तथा मतदातालाई मतदान गर्न कुनै किसिमको असुविधा नआउने स्पष्ट गर्नुभयो । उहाँका अनुसार एकीकृत सुरक्षा योजनाअनुसार चार वटै सुरक्षा निकायले समन्वयात्मक रूपमा काम गरिरहेका छन् भने नेपाल सरकारले आवश्यक स्रोत–साधनसमेत उपलब्ध गराइरहेको छ ।

यसैबीच, आयोगले आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खटिएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूका लागि भोलि र पर्सि अभिमुखीकरण तालिम सञ्चालन गर्ने भएको छ । सातै प्रदेशअन्तर्गतका निर्वाचन अधिकृतहरूलाई काठमाडौँ, चितवन, विराटनगर र नेपालगञ्जमा अभिमुखीकरण तालिम दिइने आयोगले जनाएको छ ।

प्रशिक्षण सम्पन्न भएपछि निर्वाचन अधिकृतहरूले आउँदो माघ २ गतेदेखि आ–आफ्नो निर्वाचन क्षेत्रमा कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी काम सुरु गर्नेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्