राष्ट्रियसभामा कोशी प्रदेशबाट कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित

काठमाडौँ – राष्ट्रियसभामा कोशी प्रदेशबाट अन्य समूहअन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुनुभएको छ । एकल उम्मेदवार रहेका थापालाई निर्वाचन अधिकृतको कार्यालय, कोशी प्रदेशले आज निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेको हो । नेकपाका उम्मेदवार हेमराज घिमिरे उम्मेदवारी दर्ता गर्न समयमै नआइपुगेपछि कांग्रेसका थापाको मात्र उम्मेदवारी परेको थियो ।

निर्वाचन आयोगले आज राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ । राष्ट्रियसभा चुनावको मतदान आउँदो माघ ११ गते हुने तय भएको छ ।

१८ जना राष्ट्रियसभा सदस्यका लागि हुन लागेको निर्वाचनमा एक जना उम्मेदवार निर्विरोध निर्वाचित भएसँगै अब १७ पदका लागि मतदान हुनेछ । यस निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्