नेपाल बैंक र ॐ हस्पिटलबीच उपचार सेवामा विशेष छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल बैंक लिमिटेड र काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. बीच उपचार सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौता अनुसार नेपाल बैंकमा कार्यरत कर्मचारी, उनीहरूको परिवारका सदस्य तथा बैंकमा खाता रहेका ग्राहकहरूले ॐ हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट पाउने भएका छन्।

२०८२ साल पुस २३ गते सम्पन्न सम्झौताअनुसार अस्पतालका विभिन्न उपचार सेवामा लाग्ने बिल रकममा ५ देखि १५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ। यसबाट बैंकका कर्मचारी, उनीहरूको परिवार तथा ग्राहकहरू सहुलियतपूर्ण स्वास्थ्य सेवाबाट लाभान्वित हुने नेपाल बैंकले जनाएको छ।

सम्झौता पत्रमा नेपाल बैंक लिमिटेडका तर्फबाट प्रमुख वित्त अधिकृत दीपेन्द्र राज काफ्ले र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतले हस्ताक्षर गर्नुभएको छ।

सम्झौताले बैंकका कर्मचारी तथा ग्राहकहरूलाई गुणस्तरीय र किफायती स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्