कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक निर्णयविनै स्थगित

Photo: RSS

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक केहीबेर बसेर कुनै ठोस निर्णय नगरी स्थगित भएको छ। राष्ट्रियसभा निर्वाचनसम्बन्धी छलफलका लागि बोलाइएको बैठक आजै पुनः बस्ने कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो। आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका १८ सिटमा दलहरूबीच तालमेलको प्रयास जारी रहेकाले विषय टुङ्गिन नसक्दा बैठक स्थगित भएको हो। हाल विभिन्न राजनीतिक दलहरूबीच सिट बाँडफाँड र उम्मेदवारी व्यवस्थापनबारे निरन्तर छलफल भइरहेको छ।

कांग्रेसका तर्फबाट तालमेल वार्तामा सहभागी नेता रमेश लेखकका अनुसार प्रारम्भिक रूपमा कांग्रेस र एमालेले ७–७ सिट, नेपाल कम्युनिस्ट पार्टीले ३ सिट र जनता समाजवादी पार्टी (जसपा) नेपालले १ सिट पाउने सहमति बनेको छ। तर, कुन क्लस्टरमा कुन पार्टीका उम्मेदवार उठाउने भन्ने विषय भने अझै टुङ्गिन बाँकी रहेको उहाँले बताउनुभयो। बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रियसभा निर्वाचनमा गरिने सम्भावित चुनावी तालमेलबारे कार्यसम्पादन समिति सदस्यहरूलाई ‘ब्रिफिङ’ गर्नुभएको थियो।

कांग्रेसले आज पुनः बैठक बसेर राष्ट्रियसभा निर्वाचन र चुनावी तालमेलसम्बन्धी विषयमा निष्कर्ष निकाल्ने तयारी गरेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्