काठमाडौँ — कांग्रेस, एमाले र नेकपाबीच राष्ट्रिय सभा निर्वाचनसँगै आगामी प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन गर्ने प्रयास तीव्र बनेको छ। तीनै दल राष्ट्रिय सभाका लागि हुने तालमेललाई २१ फागुनमा तय प्रतिनिधिसभा निर्वाचनसम्म निरन्तरता दिने रणनीतिमा छन्।
सुरुवातमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच दुई दलबीच मात्र गठबन्धन गर्ने समझदारी भए पनि पछि नेकपा संयोजक पुष्पकमल दाहालसँगको छलफलपछि गठबन्धन तीन दलसम्म विस्तार हुने संकेत देखिएको हो। नेताहरूका अनुसार संविधान निर्माणका बेला सहकार्य गरेका दलहरूबीच पुनः सहमतिमा अघि बढ्ने प्रयास भइरहेको छ।
हाल सिट बाँडफाँट, प्रदेशगत क्लस्टर र उम्मेदवार छनोटका विषय टुंगो लाग्न बाँकी रहेकाले आन्तरिक छलफल जारी छ। नेताहरूले राष्ट्रिय सभा निर्वाचनमा हुने गठबन्धनले प्रतिनिधिसभा निर्वाचनका लागि पनि सहकार्यको आधार तयार गर्ने बताएका छन्।






