वीरगञ्जमा दुई समुदायबीच सम्भावित झडपको कारण कर्फ्यु

काठमाडौं – पर्सा जिल्ला प्रशासन कार्यालयले वीरगञ्ज महानगर क्षेत्रमा साँझ ६ बजेदेखि भोलि बिहान ८ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार, दुई समुदायबीच हुन सक्ने सम्भावित झडपलाई लक्षित गर्दै यो निर्णय लिइएको हो।

वीरगञ्जमा पछिल्लो समय दुई समुदायबीच विरोध प्रदर्शनका कार्यक्रम हुँदै आएको र सुरक्षा अवस्था संवेदनशील बन्दै गएको भन्दै प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो।

कर्फ्यु अवधिभर सर्वसाधारणलाई घरबाहिर निस्कन, हिँडडुल गर्न र सार्वजनिक गतिविधि गर्न पूर्ण रूपमा रोक लगाइएको छ। आदेशको उल्लङ्घन गर्नेहरुलाई कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिइएको छ।

प्रशासनले सर्वसाधारणलाई शान्ति कायम राख्न र सुरक्षित रहन कर्फ्यु पालना गर्न आग्रह गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्