अपिहिमाल गाउँपालिकाद्वारा ज्येष्ठ नागरिकलाई न्यानो लुगा, पोषण सामग्री वितरण

दार्चुला – अपिहिमाल गाउँपालिकाको पहलमा वडा नं. ५ का ज्येष्ठ नागरिकहरूका लागि न्यानो लुगा तथा पोषण सामग्री वितरण र सामान्य स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरिएको छ। कार्यक्रम सौगन्ना आधारभूत स्वास्थ्य सेवा केन्द्र, तल्लोफरबाट सुरु भएको हो।

गाउँपालिकाका अनुसार ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्था मूल्यांकन गर्दै आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा ज्येष्ठ नागरिकहरूको सामान्य स्वास्थ्य परीक्षणसमेत गरिँदै आएको छ।

कार्यक्रम अन्तर्गत लुन्थि टोलका ज्येष्ठ नागरिकहरूका लागि भोलि बिहान १०:०० बजे लुम्थि देउखलामा वितरण तथा स्वास्थ्य परीक्षण गरिनेछ। त्यसैगरी, सौगन्ना टोलका ज्येष्ठ नागरिकहरूका लागि वडा कार्यालयमा दिउँसो २:०० बजे कार्यक्रम सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।

सम्बन्धित सबै ज्येष्ठ नागरिक तथा सरोकारवालाहरूलाई तोकिएको समय र स्थानमा उपस्थित भई कार्यक्रमको लाभ लिन अपिहिमाल गाउँपालिकाले अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्