दार्चुलाबाट एमालेको एकल उम्मेदवारमा गणेशसिंह ठगुन्ना सिफारिस

दार्चुला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले दार्चुलाबाट केन्द्रीय सदस्य गणेशसिंह ठगुन्नालाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

आइतबार बसेको एमाले जिल्ला कमिटी दार्चुलाको नवौं पूर्ण बैठकले पूर्वमन्त्रीसमेत रहेका ठगुन्नाको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको एमाले दार्चुलाले जनाएको छ। बैठकमा केन्द्रीय तथा प्रदेश कमिटी सदस्य, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटी अध्यक्ष तथा विभिन्न जनसंगठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

ठगुन्ना २०७० सालको दोस्रो संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा दार्चुलाबाट निर्वाचित भएका थिए। तर २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी नेपाली कांग्रेसका दिलेन्द्र प्रसाद बडूसँग पराजित भएका थिए।

यसैगरी समानुपातिकतर्फ दार्चुलाबाट जहेन्द्र सिंह ऐतवाललाई उम्मेदवार बनाइएको एमालेले जनाएको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै एमालेले संगठन सुदृढीकरण र चुनावी तयारीलाई तीव्र बनाउने जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्