नेपाल बैंक र मेडिकेयर हस्पिटलबीच उपचार सेवामा छुटसम्बन्धी सम्झौता

 

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र काठमाडौंको चावहिलमा रहेको मेडिकेयर हस्पिटल लिमिटेडबीच उपचार सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

२०८२ साल पौष १८ गते सम्पन्न उक्त सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारी तथा उनीहरूका परिवार, बैंकमा पेन्सन खाता रहेका ग्राहकहरू, बैंकका क्रेडिट कार्ड होल्डरहरू तथा अवकाश प्राप्त कर्मचारीहरूले मेडिकेयर हस्पिटलमा उपचार गराउँदा अस्पतालका विभिन्न सेवामा लाग्ने कुल बिल रकममा १० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ ।

सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र मेडिकेयर हस्पिटल लिमिटेडको तर्फबाट व्यवस्थापन प्रबन्धक रोशन ओझाले हस्ताक्षर गर्नुभएको हो ।

यस सम्झौताबाट नेपाल बैंकमा कार्यरत कर्मचारीहरू, अवकाश प्राप्त कर्मचारी तथा बैंकसँग आबद्ध ग्राहकहरू मेडिकेयर हस्पिटलद्वारा प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्य सेवाबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

नेपाल बैंकले आफ्ना कर्मचारी तथा ग्राहकहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता सहकार्यहरूलाई निरन्तरता दिँदै आएको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्