ताप्लेजुङ आसपास केन्द्रविन्दु भएर ४.६ म्याग्निच्यूडको भूकम्प

 

ताप्लेजुङ । ताप्लेजुङसहित आसपासका जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६ बजेर १३ मिनेटमा ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर ४ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको हो ।

भूकम्पबाट हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ । भूकम्पको धक्का ताप्लेजुङसहित छिमेकी जिल्लामा पनि महसुस गरिएको थियो ।

यसअघि मङ्सिर २८ गते मनाङको थोचें आसपास केन्द्रविन्दु भएर ४ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको थियो । नेपाल हिमालय क्षेत्र भएकाले यहाँ बेला–बेला साना तथा ठूला भूकम्प जाने गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्