भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रनवेबाट चिप्लियो

File Photo

काठमाडौं । झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको एक विमान अवतरणका क्रममा रन–वेबाट चिप्लिएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलालका अनुसार विमान ग्राउन्ड क्षेत्रभन्दा केही बाहिर पुगेको हो र घटनाबारे थप विवरण संकलन भइरहेको छ ।

यसैगरी, काठमाडौं विमानस्थलका प्रवक्ता रुन्जी शेर्पाका अनुसार काठमाडौं–भद्रपुर उडानतर्फको ९०१ उडान नम्बरको बुद्ध एयरको विमान ओभर–रनका कारण ग्रास एरियामा पुगेको हो ।

हाल विमानबाट यात्रु ओराल्ने प्रक्रिया जारी रहेको र यात्रु तथा चालक दलका सबै सदस्य सकुशल रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाइएको छ ।

फाईल तस्बिर

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्