कतारको जेलमा रहेका १३ नेपालीलाई आममाफी, नेपाल सरकारद्वारा आभार व्यक्त

 

काठमाडौं । कतार सरकारले जेलमा रहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ । कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर उनीहरूलाई आममाफी प्रदान गरिएको हो ।

यसैबीच परराष्ट्र मन्त्रालयले कतार सरकारले नेपाली कैदीहरूलाई आममाफी दिएकोप्रति आभार प्रकट गरेको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा मानवीय आधारमा प्रदान गरिएको यस आममाफीलाई नेपाल–कतारबीच विद्यमान द्विपक्षीय सम्बन्ध, मित्रता र सौहार्दताको गहिरो अभिव्यक्तिका रूपमा लिइएको उल्लेख गरिएको छ ।

यस किसिमको उदार कदमले दुवै देशबीचको आपसी समझदारी, सहयोग र मित्रवत् सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास मन्त्रालयले व्यक्त गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्