नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको कार्यकारिणी समिति सर्वसम्मत निर्वाचित

काठमाडौँ — नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आफ्नो निर्वाचन प्रक्रिया संस्थाको विधान, नियमावली तथा प्रचलित कानुनी व्यवस्थाअनुसार व्यवस्थित, पारदर्शी र विधिसम्मत रूपमा अगाडि बढिरहेको स्पष्ट गरेको छ।

नाडाका अनुसार मिति २०८२/०९/०९ मा सम्पन्न ४९औँ वार्षिक साधारण सभाको निर्णय, जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट प्राप्त निर्देशन तथा स्वीकृति, र निर्वाचन अधिकृतको औपचारिक सूचनाका आधारमा निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया वैधानिक रूपमा सञ्चालन गरिएको हो।

निर्वाचन अधिकृत कार्यालयद्वारा प्रकाशित कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न हुँदा अध्यक्ष पदमा १, प्रदेश सदस्यतर्फ ७ तथा साधारण सदस्यतर्फ १८ उम्मेदवारी दर्ता भएको थियो। यसमध्ये साधारण सदस्यतर्फ १ उम्मेदवारी फिर्ता लिएपछि अन्तिम उम्मेदवारी विवरणमा अध्यक्ष पदमा १, प्रदेश सदस्यतर्फ ७ र साधारण सदस्यतर्फ १७ उम्मेदवारी कायम रहेको नाडाले जनाएको छ।

प्राप्त सबै उम्मेदवारी निर्वाचन अधिकृतको प्रत्यक्ष व्यवस्थापन तथा पर्यवेक्षणमा जाँच–छानबिन भई टुङ्गो लागेपछि नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको कार्यकारिणी समिति सर्वसम्मत रूपमा निर्वाचित भएको नाडाले जानकारी दिएको छ। यसलाई संस्थागत लोकतान्त्रिक अभ्यास, एकता र सहकार्यको सकारात्मक निरन्तरताका रूपमा नाडाले व्याख्या गरेको छ।

यसैबीच, प्रतिस्पर्धात्मक निर्वाचन आवश्यक नरहेकाले पौष २५ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अब आवश्यक नभएको जनाइएको छ। निर्वाचनको परिणाम सोही मितिमा नाडा कार्यालयबाटै घोषणा गरिने पनि नाडाले स्पष्ट गरेको छ।

नाडाले निर्वाचन प्रक्रिया कानुनसम्मत, निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको उल्लेख गर्दै सदस्यहरूको सहयोग, विश्वास र सक्रिय सहभागिताप्रति धन्यवाद व्यक्त गरेको छ। साथै, आगामी दिनहरूमा पनि संस्थालाई जिम्मेवार, पारदर्शी र सुदृढ ढङ्गले अघि बढाउने प्रतिबद्धता दोहोर्‍याएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्