काठमाडौं । कृषि विकास बैंक लिमिटेडको उन्नाइसौं वार्षिक साधारण सभाले सेयरधनीहरूलाई १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यस अन्तर्गत बैंकले चुक्ता पूँजीको ३.२५% बोनस शेयर तथा ९.७५% नगद लाभांश (कर समावेश) वितरण गर्ने निर्णय गरेको हो ।
सभाले चुक्ता पूँजीको ३२ करोड ५९ लाख ६२ हजार ७२० रुपैयाँ बराबरको ६% नगद लाभांश अविमोच्य असंचिति अग्राधिकार शेयरधनीहरूलाई दिने पनि समावेश गरिएको छ।
लाभांश प्रस्ताव पारित भएपछि कुल लाभांशको रकम लगभग १ अर्ब ८० करोड रुपैयाँ हुन जाने अनुमान गरिएको छ।
यो प्रस्ताव बैंकको आगामी साधारण सभामा औपचारिक रूपमा अनुमोदनका लागि पेश गरिनेछ र स्वीकृति पाएपछि सेयरधनीहरूलाई लाभांश वितरण सुरु हुने बैंकले जनाएको छ।






