मधेश प्रदेश सरकार आज तेस्रो पटक विस्तार हुँदै

जनकपुरधाम । मधेश प्रदेश सरकार बुधबार तेस्रो पटक विस्तार हुँदैछ । गत १९ मंसिरमा मुख्यमन्त्री नियुक्त भएका कृष्णप्रसाद यादवले मन्त्रिपरिषद् तेस्रो पटक विस्तार गर्न लागेका हुन् ।

मुख्यमन्त्री यादवले आफ्नै दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेपाली कम्युनिष्ट पार्टीलगायत दलहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । स्रोतका अनुसार आजै ती दलहरूबाट मन्त्री नियुक्त गरी सपथ ग्रहण गराउने तयारी मुख्यमन्त्री कार्यालयले गरेको छ ।

प्रदेश सरकारलाई थप प्रभावकारी र स्थायित्व प्रदान गर्ने उद्देश्यले मन्त्रिपरिषद् विस्तार हुन लागेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्