काठमाडौँ । आज सुनचाँदीको भाउमा गिरावट आएको छ। सुन तोलामा १,१०० रुपैयाँले घटेर २ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो सुनको भाउ तोलामा ७,९०० रुपैयाँले घटेर २ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको भाउ पनि घटेको छ। आज चाँदी तोलामा १२० रुपैयाँले घटेर ४ हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जानकारी दिएको छ। हिजो चाँदीको भाउ तोलामा ३ सय ५ रुपैयाँले घटेर ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भएको थियो।






