तराई–मधेश क्षेत्रमा आज पनि बाक्लो हुस्सु लागेको छ। पुसको पहिलो हप्तायता निरन्तर परेको हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित भएको छ। हुस्सुले सडक यातायात तथा हवाई सेवामा असर पर्न सक्ने भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
आज हिमाली र उच्च पहाडी क्षेत्रको मौसम आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी पहाडी तथा हिमाली भागमा पनि आंशिक बदलीको सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
यसैबीच, काठमाडौँ उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको छ।







