काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ।
मंगलबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत् शोक सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) की अध्यक्षसमेत रहनुभएकी जियाको निधनले आफू अत्यन्तै दुःखी भएको उल्लेख गर्नुभएको छ।
निधनप्रति दुःख व्यक्त गर्दै उहाँले नेपाल सरकारको तर्फबाट शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ।
‘बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री तथा बीएनपी अध्यक्ष बेगम खालिदा जियाको निधनको खबर सुनेर म अत्यन्तै दुःखी छु,’ प्रधानमन्त्री कार्कीले फेसबुकमा लेख्नुभएको छ, ‘नेपाल सरकार र जनताको तर्फबाट म उहाँका परिवार, साथीभाइ तथा बंगलादेशका जनताप्रति हार्दिक समवेदना व्यक्त गर्दछु।’
बेगम खालिदा जियाको ८० वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो।







