काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह तथा कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी पक्षलाई समेत समेट्दै निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची पेश गरेको छ।
रास्वपाले आइतबार बालेन शाहसँग र गएराति उज्यालो नेपाल पार्टीसँग एकता भएपछि भएको सहमतिअनुसार बन्दसूची बुझाएको हो। पार्टीले आन्तरिक रूपमा सम्पन्न गरेको प्राइमरी इलेक्सनबाट प्राप्त मत परिणामका आधारमा उम्मेदवार छनोट गरेको जनाएको छ।
पार्टीका अनुसार बालेन शाह र उज्यालो नेपाल पार्टीसँग भएको सहमतिअनुसार ११० जनाको नाम समेटेर बन्दसूची निर्वाचन आयोगमा पेश गरिएको हो।
रास्वपाले समानुपातिक बन्दसूचीमार्फत समावेशी प्रतिनिधित्व, नयाँ नेतृत्व र वैकल्पिक राजनीतिक शक्तिको सुदृढीकरणलाई प्राथमिकतामा राखेको जनाएको छ।







