काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहलाई चुनावमा हराउने चेतावनी दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै अध्यक्ष साम्पाङले बालेन साहले जहाँबाट उम्मेदवारी दिए पनि त्यहीँ पराजित गरिने दाबी गरेका हुन्।
धरान उपमहानगरपालिकाका मेयरसमेत रहेका साम्पाङले फेसबुकमा लेखेका छन्, “बालेनलाई चुनावमा हराउनेछौँ ! जहाँबाट उम्मेदवारी दिन्छ त्यहीँ हामी हराउनेछौँ।”
उनको यो अभिव्यक्तिलाई आगामी निर्वाचन सन्दर्भमा राजनीतिक प्रतिस्पर्धा चर्किंदै गएको संकेतका रूपमा हेरिएको छ।






