आयोगले पूर्वगृहमन्त्री रमेश लेखकसँग थप बयान लिने

काठमाडौँ – जेन जेड आन्दोलनमा भएको दमन र त्यसपछिको विध्वंशका घटनाबारे जाँचबुझ गर्न गठन गरिएको आयोगले पूर्वगृहमन्त्री रमेश लेखकसँग थप बयान लिने भएको छ। सोमबार आयोगमा बयान सुरु भएको केही घण्टापछि लेखक ‘पार्टीको बैठक छ’ भन्दै बाहिरिएका थिए। त्यसपछि उनले नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै आयोगमा पेस गरेको भनाइको लिखित प्रति सार्वजनिक गरेका थिए।

आयोगले लेखकसँगको बयान अझै पूरा नभएको भन्दै बुधबारदेखि बयानलाई निरन्तरता दिने योजना बनाएको स्रोतले जनाएको छ। बयानका क्रममा केही समयपछि पार्टी बैठकको कारण देखाउँदै उनी बाहिरिएको आयोगको बुझाइ छ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजाल र पूर्व प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले ‘गृह मन्त्रालयको नेतृत्वको समन्वयमा काम गरेको’ भनी दिएको अभिव्यक्तिका आधारमा आयोगले पूर्वगृहमन्त्री लेखकसँग थप सोधपुछ र जिरह गर्न बाँकी रहेको स्रोतले जानकारी दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्