काठमाडौं – निर्वाचन आयोगमा राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची धमाधम पेस गरिरहेका छन्।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज निर्वाचन आयोगमा बन्दसूची बुझाउने अन्तिम दिन रहेकाले सोमबार साँझसम्म आयोग परिसरमा चहलपहल बाक्लिएको छ।
पछिल्लो विवरणअनुसार ५३ वटा राजनीतिक दलले धरौटी बुझाइसकेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि आयोगमा निस्सा बुझाएको छ भने नेकपा एमालेसहित अन्य विभिन्न दलहरूले पनि समानुपातिकतर्फको धरौटी बुझाएका छन्।
निर्वाचन आयोगले तोकेको समयसीमाभित्र दलहरूले बन्दसूची पेस गर्ने क्रम जारी रहेको छ।






