काठमाडौं – नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची सोमबार निर्वाचन आयोगमा बुझाउने भएको छ।
आइतबार सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले केन्द्रीय कार्यसमितिको बैठकमा सातै प्रदेशका केन्द्रीय कार्यसम्पादन समितिमा रहेका नेताहरूसँग परामर्श भइरहेको जानकारी दिनुभयो। छलफलपछि सूची अन्तिम रूप दिएर सोमबारसम्म निर्वाचन आयोगमा बुझाइने उहाँले बताउनुभयो।
डा. महतका अनुसार समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत १ सय १० जना सांसद चयन हुने भएकाले समानुपातिक सूची तयार पार्नु पार्टीका लागि महत्वपूर्ण कार्य रहेको छ।






