जसपा र लोसपाबीच पार्टी एकता गर्ने सहमति

काठमाडौं । मधेशका प्रमुख दुई राजनीतिक शक्ति जनता समाजवादी पार्टी नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बीच पार्टी एकता गर्ने सहमति भएको छ।

हिजो जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरले पार्टी एकीकरणसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

सहमति पत्रमा दुवै पार्टीका पदाधिकारीहरूको बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन तथा विश्लेषण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्ने निर्णय गरेको उल्लेख छ। साथै संघीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्यायलगायतका अग्रगामी परिवर्तनका मुद्दालाई अझ सुदृढ बनाउँदै न्यायपूर्ण समाज निर्माण गर्ने उद्देश्यसहित पार्टी एकीकरण गर्ने निर्णय गरिएको जनाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्