समानुपातिकतर्फ पनि उम्मेदवार नहुने कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको घोषणा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधिसभा समानुपातिकतर्फ पनि उम्मेदवार नहुने स्पष्ट पारेका छन्। केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकमा आफ्नो धारणा राख्दै महामन्त्री शर्माले आफू समानुपातिकतर्फ उम्मेदवार बनेमा पार्टीका अन्य साथीहरूको अवसर र सम्भावना खोसिने बताएका हुन्।

एक पदाधिकारीका अनुसार शर्माले बैठकमा भने, “प्रत्यक्षतर्फ उम्मेदवार नबन्ने घोषणा गर्नुको अर्थ समानुपातिकबाट संसद् जाने भन्ने होइन। पार्टी महामन्त्री समानुपातिकमा बस्नु भनेको अर्का साथीको सम्भावना र अवसर खोस्नु हो, म त्यस्तो गर्न चाहन्न।” महामन्त्री शर्माले आफू संसद्मा नगई सम्पूर्ण समय पार्टी संगठन र रूपान्तरणमा समर्पित हुन चाहेको पनि बताएका छन्।

उनले भने, “कांग्रेसलाई बदल्न र आगामी दिनमा नयाँ ढंगले स्थापित गर्न जरुरी छ। म त्यही अभियानमा पूर्ण रूपमा समर्पित हुन चाहन्छु।”

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्