काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको हो।
एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि बस्न लागेको यो पहिलोपटकको सचिवालय बैठक हो। बैठकमा देशभरबाट प्राप्त समानुपातिकतर्फका उम्मेदवारहरूको नाममाथि छलफल हुने बताइएको छ।
एमालेले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गत बन्दसूची तयार पार्ने क्रममा उम्मेदवारहरूको नाम संकलन गरिरहेको छ। बैठकले प्राप्त नामहरूको मूल्यांकन र प्राथमिकता निर्धारणबारे निर्णय गर्ने अपेक्षा गरिएको छ।






