काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्की प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफलमा हुनुहुन्छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो केहीबेर अघि उक्त छलफल सुरु भएको हो।
छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल सहभागी हुनुहुन्छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा आगामी निर्वाचनको तयारी, समसामयिक राजनीतिक अवस्था तथा निर्वाचनका लागि आवश्यक वातावरणबारे विचार–विमर्श भइरहेको छ।
सरकारले फागुन २१ गते निर्वाचन गर्ने तयारी गरिरहेका बेला प्रमुख दलका शीर्ष नेताबीच भइरहेको यस छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ।






