गल्कोट घुम्टे बहुउद्देश्यीय सहकारीको २१औँ वार्षिक साधारण सभा शनिबार

काठमाडौँ- गल्कोट घुम्टे बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१औँ वार्षिक साधारण सभा यही २०८२ पौष १२ गते शनिबार आयोजना हुने भएको छ। शंखमुलमा रहेको उक्त संस्थाका अनुसार साधारण सभा काठमाडौँको शंखमूल–१० स्थित अनमोल बैंक्वेट मा बिहान ११ बजेदेखि सुरु हुनेछ। साधारण सभामा सहकारीका शेयर सदस्यहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै आर्थिक विवरण, आगामी कार्ययोजना तथा नीति–कार्यक्रमबारे छलफल गरिने जनाइएको छ। साथै, सहकारीको प्रगति, चुनौती र भावी योजनामाथि समेत सदस्यहरूसँग व्यापक विमर्श हुने कार्यक्रम रहेको छ।

संस्थाले सम्पूर्ण शेयर सदस्यहरूलाई साधारण सभामा अनिवार्य रूपमा उपस्थित भई कार्यक्रमको सफलतामा योगदान दिन संस्थाका प्रबन्धक बिजय खत्रीले हार्दिक निमन्त्रणा समेत गरेको छ। गल्कोट घुम्टे बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सदस्यहरूको आर्थिक सशक्तीकरण, सहकार्य र दिगो विकासलाई केन्द्रमा राख्दै विभिन्न वित्तीय तथा सामाजिक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्