पूर्व गृहमन्त्री लेखकले नवयुवा आन्दोलन घटनाबारे जाँचबुझ आयोगमा बयान दिने

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनसम्बन्धी घटनाको जाँचबुझ गर्न गठित आयोगमा बयान दिने निर्णय गर्नुभएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता लेखकले आउँदो सोमबार आयोगमा उपस्थित भएर बयान दिने जानकारी दिनुभयो। उहाँका अनुसार भदौ २३ र २४ गतेको घटनाका सम्बन्धमा सत्यतथ्य बुझ्न आयोगले आफूलाई बोलाएको र त्यसअनुसार बयान दिन जाने निर्णय गरिएको हो।

उहाँले भन्नुभयो, “भदौ २३ र २४ गतेको घटनाको बारेमा जाँचबुझ गर्न गठित आयोगले मलाई घटनाका बारेमा जानकारी लिन बोलाएको छ। मैले आयोगमा जाने निर्णय गरेको छु।”

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन गरिएको जाँचबुझ आयोगले पूर्वगृहमन्त्री लेखकलाई बयानका लागि बोलाएको हो। आयोगले लेखकपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बयानका लागि बोलाउने तयारी गरिरहेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्