काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग वार्ता गरेर निस्किएका छन् ।
ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको निवासमा उनीहरूबीच भेटवार्ता भएको हो । वार्ता सकेर लामिछाने केही समयअघि त्यहाँबाट बाहिरिएका छन् ।
उनीहरूबीच के–कस्ता विषयमा छलफल भएको हो भन्नेबारे हालसम्म आधिकारिक जानकारी सार्वजनिक भएको छैन । वार्तासम्बन्धी थप विवरण आउन बाँकी छ ।






