अपिहिमाल गाउँपालिकामा रोप एन्ड रेस्क्यु तालिम सञ्चालन (भिडियो रिपोर्ट)

दार्चुला – नेपाल पर्यटन बोर्डमार्फत UNDP/STP परियोजना र अपिहिमाल गाउँपालिकाको संयुक्त आयोजनामा तथा नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनको प्रशिक्षक तथा प्राविधिक सहयोगमा Foundamental Rope and Rescue Training अपिहिमाल गाउँपालिकामा सञ्चालन भइरहेको छ।

आज एक कार्यक्रमका बीच रक क्लाइम्बिङ तथा रेस्क्यु तालिमको औपचारिक उद्घाटन रकमै चढेर गरिएको हो। अपिहिमाल गाउँपालिका कार्यालय नजिकैको जारकोट क्षेत्रमा व्यवसायिक रक क्लाइम्बिङ स्पोर्टको पूर्वाधार तयार भइसकेको छ। अबदेखि रक क्लाइम्बिङ गर्न आउने पर्यटकहरूलाई यही स्थानमा व्यवसायिक तालिम प्रदान गर्नुका साथै रक क्लाइम्बिङ गतिविधि सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष भगत सिंह ठेकरे बोहराका अनुसार यस किसिमका तालिम र संरचनाले स्थानीय युवालाई रोजगारीतर्फ आकर्षित गर्नुका साथै अपिहिमाल क्षेत्रको साहसिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्