राप्रपा र राप्रपा नेपालबीच एकता हुने

काठमाडौँ – राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकता हुने भएको छ। दुवै पार्टीबीच भएको एकता सम्झौतामा अध्यक्षद्वय लिङ्देन र थापाले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार एकतापछि राजेन्द्र लिङ्देन पार्टी अध्यक्ष रहनेछन् भने कमल थापालाई पूर्वअध्यक्षको हैसियत प्रदान गर्ने सहमति भएको छ। सम्झौतामा हस्ताक्षरपछि दुवै नेताले एकअर्कासँग अंगालो मार्दै खुसी साटासाट गरेका थिए।

पार्टी एकताको औपचारिक घोषणा यही पुस १६ गते गरिने जनाइएको छ। उल्लेखनीय छ, चार वर्षअघि सम्पन्न राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि कमल थापाले राप्रपाबाट अलग भएको घोषणा गर्दै राप्रपा नेपाल गठन गर्नुभएको थियो।

एकतासँगै राप्रपा धारका शक्तिहरू पुनः एक ठाउँमा आउने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्