पाँच जना उपसचिवस्तरका कर्मचारी सहसचिव पदमा बढुवा

काठमाडौँ – बढुवा समितिको सचिवालयले पाँच जना उपसचिवस्तरका कर्मचारीलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना प्रकाशित गर्दै रिक्त सहसचिव पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा योग्य ठहरिएका उम्मेदवारहरूलाई बढुवाका लागि सिफारिस गरिएको जनाएको हो ।

बढुवा समितिको निर्णयअनुसार नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूहअन्तर्गत विभिन्न उपसमूहका पाँच जना कर्मचारी बढुवा सिफारिस सूचीमा परेका छन् । सिफारिस भएका उम्मेदवारहरूमा नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह (जनरल उपसमूह)तर्फ गौरीकुमार श्रेष्ठ, वैकुण्ठ अर्याल र रामकुमार श्रेष्ठ रहेका छन् । त्यसैगरी सिभिल इन्जिनियरिङ समूह (हाइवे उपसमूह)तर्फ राजेश प्रसाद पौडेल तथा सिभिल इन्जिनियरिङ समूह (बिल्डिङ एन्ड आर्किटेक्चर उपसमूह)तर्फ झप्पर सिंह विश्वकर्मा बढुवा सिफारिस भएका छन् ।

मन्त्रालयका अनुसार प्रक्रिया पूरा भएपछि सिफारिस भएका कर्मचारीहरूलाई सहसचिव पदमा नियुक्ति गरिनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्