पर्यटन विकासबारे मन्त्रालयस्तरीय समीक्षा बैठक बागमती प्रदेशमा सम्पन्न

हेटौँडा । बागमती प्रदेश सरकारअन्तर्गत संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले आगामी दिनमा पर्यटन पूर्वाधार, गन्तव्य प्रवर्द्धन तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाइने स्पष्ट पारेका छन् । आज हेटौँडामा सम्पन्न बागमती प्रदेश सरकारअन्तर्गत संस्कृति तथा पर्यटन मन्त्रालयद्वारा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति बैठक तथा प्रगति समीक्षा कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले उक्त कुरा बताएका हुन् । मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रलाई प्रदेशको आर्थिक मेरुदण्डका रूपमा विकास गर्न सबै निकायबीच समन्वय आवश्यक रहेको पनि बताए ।

मन्त्री सुरेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले विशेष आसन ग्रहण गरेका थिए । सो अवसरमा सचिव सुवेदीले सचिव सुवेदीले बाग्मति प्रदेशको पर्यटन क्षेत्रको विकासका लागि कार्यान्वयनमुखी नीति अपनाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेश नीति तथा योजना आयोग, मन्त्रालयका महाशाखा प्रमुखहरू, विभिन्न मातहत कार्यालयका प्रमुख तथा मन्त्रालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

मन्त्री श्रेष्ठले पानसमा दीप प्रज्वलन गर्दै औपचारिक रूपमा उद्घाटन गर्नुभएको कार्यक्रममा महाशाखा प्रमुख होमनाथ रिजालले स्वागत मन्तव्य व्यक्त गरेका थिए । त्यसपछि पर्यटन कार्यालय काठमाडौं, पर्यटन कार्यालय सौराहा–चितवन, पर्यटन विकास आयोजना हेटौँडा तथा पर्यटन विकास आयोजना इकाइ कार्यालय काठमाडौंले आ–आफ्नो कार्यप्रगति प्रस्तुत गरेका थिए।

यस अवसरमा मन्त्रालयका महाशाखा प्रमुख प्रकाश अधिकारीले मन्त्रालयको समग्र प्रगति विवरण प्रस्तुत गरेका थिए । छलफल सत्रमा आर्थिक मामिला तथा योजना मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रदेश नीति तथा योजना आयोगका प्रतिनिधिहरूले आ–आफ्ना सुझाव तथा धारणा राखेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्