सुनचाँदीको भाउ ऐतिहासिक उच्च विन्दुमा

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एकैदिन ५ हजार ५ सय रुपैयाँले बढ्दै तोलाको २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि हिजो सुनको भाउ तोलाको २ लाख ६१ हजार ७ सय रुपैयाँ रहेको थियो । एकैदिन भएको उल्लेख्य वृद्धिले सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको महासङ्घले जनाएको छ ।

त्यस्तै, चाँदीको भाउ पनि आज अहिलेसम्मकै उच्च पुगेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर आज तोलाको ४ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार २ सय ३५ रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि, डलरको विनिमय दर तथा लगानीकर्ताको आकर्षणका कारण सुनचाँदीको भाउ निरन्तर उकालो लागेको व्यवसायीहरूको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्