प्याब्सनका कानुनी सल्लाहकार भट्टराईको सडक दुर्घटनामा परी निधन

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) केन्द्रीय कार्यसमितिका कानुनी सल्लाहकार हरिराज भट्टराईको सडक दुर्घटनामा परी निधन भएको छ।

दुर्घटनामा घाइते भई उपचाररत रहेका भट्टराईको सोमबार दिउँसो करिब २ बजे उपचारकै क्रममा निधन भएको हो। लामो समयदेखि प्याब्सन संगठनमा सक्रिय रहँदै आएका भट्टराई एक निष्ठावान्, अनुभवी तथा कुशल कानुनी सल्लाहकारका रूपमा परिचित थिए।

उनको असामयिक निधनले प्याब्सन परिवारलाई अपूरणीय क्षति पुगेको प्याब्सनका महासचिव आरबी कटवालले बताएका छन्। उनले भट्टराईको योगदान संगठनका लागि सधैं स्मरणीय रहने उल्लेख गरे।

प्याब्सनले दिवंगत भट्टराईप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा इष्टमित्रहरूप्रति हार्दिक समवेदना प्रकट गरेको छ।

दिवंगत भट्टराईको अन्त्येष्टि सोमबार अपराह्न ५ः३० बजे काठमाडौंस्थित पशुपति आर्यघाटमा सम्पन्न भएको महासचिव कटवालले जानकारी दिएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्