फिफा वरीयतामा नेपाल यथावत्, सार्कमा चौथो स्थान

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल यथावत् स्थानमा रहेको छ । नयाँ वरीयता अनुसार नेपाल १ सय ८२औं स्थानमै कायम छ ।

यससँगै नेपाल फिफाको सार्क राष्ट्रहरूको वरीयतामा चौथो स्थानमा रहेको छ । सार्क देशहरूको वरीयतामा भारत १ सय ४२औं स्थानमा रहँदै शीर्षमा छ भने माल्दिभ्स १ सय ७३औं, बङ्गलादेश १ सय ८०औं स्थानमा छन् । नेपालपछि भूटान १ सय ९२औं, श्रीलङ्का १ सय ९४औं र पाकिस्तान १ सय ९९औं स्थानमा यथावत् रहेका छन् ।

उता, विश्व वरीयताको शीर्ष १० स्थानमा पनि कुनै परिवर्तन आएको छैन । फिफा वरीयतामा स्पेन पहिलो स्थानमा रहँदा अर्जेन्टिना दोस्रो, फ्रान्स तेस्रो, इङ्ग्ल्यान्ड चौथो र ब्राजिल पाँचौं स्थानमा छन् । यस्तै, पोर्चुगल छैटौं, नेदरल्यान्ड्स सातौं, बेल्जियम आठौं, जर्मनी नवौं र क्रोएशिया दशौं स्थानमा यथावत् रहेका छन् ।

पछिल्लो वरीयतामा नेपालको स्थान स्थिर रहे पनि आगामी अन्तर्राष्ट्रिय प्रतियोगिता र मैत्रीपूर्ण खेलहरूले वरीयता सुधार्ने अवसर रहने फुटबल विश्लेषकहरूको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्