प्रधानमन्त्री सुशीला कार्की र रवि लामिछानेबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। लामिछानेसँगै रास्वपाका उपसभापति डिपी अर्याल र स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी तथा केन्द्रीय सदस्यहरू शिशिर खनाल र सोभिता गौतम बालुवाटार पुगेर प्रधानमन्त्री कार्कीसँग भेटघाट गरेका हुन्।

प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार भेटवार्ता अहिले पनि जारी छ। भेटमा समसामयिक राजनीतिक घटनाक्रम, सहकारी प्रकरणपछि विकसित अवस्था तथा आगामी राजनीतिक सहकार्यका विषयमा छलफल भइरहेको बताइएको छ।

सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा धरौटीमा रिहा भएका लामिछानेले शुक्रबार (पुस ४ गते) कारागारमुक्त भएपछि प्रधानमन्त्री कार्कीसँग पहिलोपटक भेट गरेका हुन्।

लामिछानेको रिहाइपछि भएको यस भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ। भेटवार्ताको विस्तृत विवरण भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्