रवि लामिछाने प्रधानमन्त्री कार्कीलाई भेट्न जादैँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न जाने भएका छन्।

निकट स्रोतका अनुसार लामिछाने केहीबेरपछि प्रधानमन्त्री कार्कीसँग भेटका लागि बालुवाटार प्रस्थान गर्ने कार्यक्रम रहेको छ। भेटघाट साँझ साढे ६ बजेका लागि तय गरिएको बताइएको छ।

भैरहवा कारागारमा रहेका लामिछाने अदालतको आदेशपछि थुनामुक्त भई हिजो काठमाडौं आइपुगेका थिए। काठमाडौं आइपुगेपछि आज उनलाई पार्टी केन्द्रीय कार्यालयमा औपचारिक रूपमा स्वागत गरिएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्