मधेश प्रदेशसभाको सभामुखमा रामअशिष यादव निर्वाचित

 

जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुख पदमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित हुनुभएको छ ।

आज सम्पन्न मधेश प्रदेशसभा बैठकमा भएको मत विभाजनमार्फत सातदलीय गठबन्धनका तर्फबाट उम्मेदवार यादवले ७२ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित हुनुभएको हो । बैठकमा उपस्थित ९६ जना सांसदमध्ये उहाँको विपक्षमा २४ मत परेको थियो ।

पहिलो प्रस्तावमाथि नै मत विभाजन भएर यादव निर्वाचित भएसँगै नेकपा एमालेका तर्फबाट त्रिलोकी प्रसादलाई सभामुख बनाउन दर्ता गरिएको प्रस्ताव स्वतः खारेज भएको छ ।

नवनिर्वाचित सभामुख यादव धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ । उहाँ यसअघि पनि मधेश प्रदेशसभामा सदस्यको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्