झापा — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार बन्ने भएका छन्।
पार्टीको झापा निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय कार्य समितिको आज सम्पन्न बैठकले लिङ्देनको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको हो। यसअघि पनि उनी सोही क्षेत्रबाट दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका छन्।
बैठकले समानुपातिकतर्फका उम्मेदवारको नाम भने टुङ्गो लगाएको छैन। पार्टीका जिल्ला अध्यक्ष केशव ओझाका अनुसार यही पुस १२ गतेसम्म झापाका पाँचवटै क्षेत्रीय समितिले जिल्ला समिति समक्ष उम्मेदवारको नाम सिफारिस गरिसक्नेछन्।







