दार्चुला — दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार जिल्लाको शैल्यशिखर नगरपालिका–७ बोहरीगाउँ केन्द्रविन्दु भएर ३ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो।
पछिल्लो समय सुदूरपश्चिमसहित पश्चिम नेपालका विभिन्न क्षेत्रमा बेला–बेला भूकम्प गइरहेका छन्। आजको भूकम्पबाट हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
प्रहरी र स्थानीय प्रशासनले क्षतिको सम्भावनाबारे निगरानी गरिरहेको बताएका छन्।






