काठमाडौं — आईसीसी टी–२० विश्वकप क्रिकेट २०२६ का लागि भारतीय टोली घोषणा गरिएको छ। मुम्बईस्थित भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को मुख्यालयमा बीसीसीआईका सचिव देवजित सैकियाले प्रमुख चयनकर्ता अजित आगरकर र कप्तान सूर्यकुमार यादवको उपस्थितिमा १५ सदस्यीय टोली सार्वजनिक गरेका हुन्।
घोषित टोलीमा सूर्यकुमार यादवले कप्तानी सम्हाल्नेछन् भने अक्षर पटेल उपकप्तान नियुक्त भएका छन्। ईशान किशन र रिंकु सिंह टोलीमा फर्किएका छन्। यसपटक शुभमन गिल र जितेश शर्मा भने टोलीबाट बाहिरिएका छन्।
१०औँ संस्करणको टी–२० विश्वकप आगामी फेब्रुअरी ७ देखि शुरू हुनेछ। २० वटा टोली सहभागी हुने प्रतियोगिताको फाइनल खेल मार्च ८ मा हुने तालिका छ। भारत यस प्रतियोगिताको साविक विजेता हो।
भारतीय टोली:
सूर्यकुमार यादव (कप्तान), अभिषेक शर्मा, सन्जू सामसन (विकेटकीपर), तिलक वर्मा, हार्दिक पान्ड्या, शिवम दुबे, अक्षर पटेल (उपकप्तान), रिंकु सिंह, जसप्रीत बुमराह, हर्षित राणा, अर्शदीप सिंह, कुलदीप यादव, वरुण चक्रवर्ती, वाशिङ्टन सुन्दर, ईशान किशन (विकेटकीपर)






