मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी आइडियाएक्स–२०२५ ह्याकाथन’ को तेस्रो संस्करण सुरु

काठमाडौँ — मदन भण्डारी मेमोरियल कलेजमा तीन दिने ‘एमबीएमसी आइडियाएक्स–२०२५ ह्याकाथन’ को तेस्रो संस्करण आजदेखि सुरु भएको छ। विज्ञान तथा प्रविधिको प्रयोगमार्फत देशका समसामयिक समस्या र अवसर पहिचान गर्दै समाधानमुखी नवीन सोचको खोजी र उद्यमशीलताको विकास गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

ह्याकाथनमा स्नातक तहमा सूचना तथा प्रविधि विषय अध्ययनरत विद्यार्थीहरू तथा प्रविधिमा रुचि राख्ने नवप्रवर्तकहरूको सक्रिय सहभागिता रहेको छ। यस वर्ष पर्यटन, स्वास्थ्य सेवा तथा पहुँच, वित्तीय प्रविधि (फिनटेक), कृषि प्रविधि (एग्रिटेक), सांस्कृतिक पहिचान तथा खुला विषयवस्तु गरी विभिन्न क्षेत्रमा आधारित नवीन अवधारणाहरू प्रस्तुत गरी प्रतिस्पर्धा गराइनेछ।

आयोजकका अनुसार यस वर्ष कुल १ सय ३८ समूहले दर्ता गराएका थिए, जसबाट प्रस्तुतीका लागि ३२ समूह छनोट भएका छन्। सहभागी समूहहरूले आफ्ना नवीन सोच, समाधानमूलक परियोजना तथा सम्भावित व्यवसायिक मोडेलबारे प्रस्तुती दिने अवसर पाउनेछन्।

कार्यक्रममा उत्कृष्ट विचार प्रस्तुत गर्ने समूहहरूलाई पुरस्कार प्रदान गरिनुका साथै आवश्यक मार्गदर्शन, मेन्टरशिप र सहकार्यका लागि सम्बन्धित संस्था तथा उद्योगसँग समन्वय गरिने मदन भण्डारी मेमोरियल कलेजले जानकारी दिएको छ। आयोजकले यस्ता कार्यक्रमहरूले युवा नवप्रवर्तकलाई प्रोत्साहन गर्दै प्रविधिमार्फत राष्ट्रिय विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्