अमेरिकाले ‘डीभी लटरी’ कार्यक्रम स्थगित गर्‍यो

काठमाडौं – अमेरिकाले ‘डाइभर्सिटी भिसा (डीभी) लटरी’ कार्यक्रम स्थगित गरेको छ। ब्राउन विश्वविद्यालयमा भएको सामूहिक गोलीकाण्डमा दुई जनाको मृत्यु भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ग्रीन कार्ड लटरी’ योजना रोक्न निर्देशन दिनुभएको बीबीसीले जनाएको छ। गोलीकाण्डमा संलग्न व्यक्ति आठ वर्षअघि डीभी लटरीमार्फत अमेरिका प्रवेश गरेको खुलेको छ। मृत फेला परेका ४८ वर्षीय पोर्चुगिज नागरिक क्लाउडिओ म्यानुएल नेभेस भ्यालेन्टी सन् २०१७ मा डीभीमार्फत अमेरिका पुगेका र पछि ग्रीन कार्ड पाएको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै समाचारमा उल्लेख छ।

अमेरिकी अधिकारीहरूका अनुसार नेभेस भ्यालेन्टीले यसै हप्ता पोर्चुगिज मूलका म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का प्राध्यापक नुनो लुरेइरोको पनि हत्या गरेको विश्वास गरिएको छ। अमेरिकी गृहमन्त्री क्रिस्टी नोएमले राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार डीभी लटरीमार्फत कुनै पनि अमेरिकी नागरिकलाई हानि नपुगोस् भनेर भिसा योजना स्थगित गरिएको बताउनुभएको छ।

सन् १९९० देखि सञ्चालनमा रहेको डीभी कार्यक्रमअन्तर्गत हरेक वर्ष आप्रवासन दर न्यून भएका देशका करिब ५० हजार नागरिकलाई अमेरिका बसोबासको अवसर दिइँदै आएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्