देउवाले बोलाए शीर्ष नेताहरूसँग छलफलका लागि बैठक

काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष चार नेतासँग छलफलका लागि बैठक बोलाएका छन्।

शनिबार बिहान ९ बजे बस्ने बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहभागी हुनेछन्। महाधिवेशनको कार्यतालिका, विधान मस्यौदा समिति लगायतका विषयमा छलफल गर्न बैठक डाकिएको हो।

कांग्रेसले यही पुस २६ देखि २८ सम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरे पनि त्यसको व्यवहारिकतामाथि पार्टीभित्रै प्रश्न उठिरहेका छन्। पुस १६ मा वडा अधिवेशन गरेर २६ गते केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका बनाइएको छ।

निर्वाचन समिति र क्रियाशील सदस्यता छानबिन समिति गठन भइसके पनि विधान मस्यौदा समिति भने हालसम्म गठन हुन सकेको छैन।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्